ढलानको फोहर पानी कुवामा, त्यहि फोहर पानी खान बाध्य डडेल्धुराका स्थानीय (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ढलानको फोहर पानी कुवामा, त्यहि फोहर पानी खान बाध्य डडेल्धुराका स्थानीय (भिडियाेसहित)

डडेल्धुरा, १५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालीका वडानंम्वर २ बाठेनाउलामा रहेको एक मात्र न्वौला अर्थात कुवा संरक्षण गरी त्यहाका स्थानीयले पानी खादै आएका छन । दुई बर्ष अगाडी निर्माण गरीएको ढलानको फोहर पानी न्वौलामा जान थाले पछि अहिले त्यहाका स्थानीयले न्वौलाकै फोहरपानी खान बाध्य छन ।

सडकलाई व्यवस्थित पार्न नाली खोलिएपछि ढलनालीको निर्माण रामा्रे संग नहुदा डडेल्धुरा सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालीका २ बाठेनाउला क्षेत्रका प्रायः घरमा धमिलो पानीनै खाई रहेको स्थानीयको गुनासो छ । खानेपानीका शाखा लाइनका पाइप व्यवस्थित नहुनाका साथै नाली वनाउदा नालीको फोहरपानि न्वौला अर्थात कुवामा गएपछि सर्वसाधारण दूषित फोहर पानी पिउन बाध्य बनेको स्थानीय उपभोक्ता बेलु देवी खडायतको भनाइ रहेको छ ।

पुर्खाले बनाएका ऐतिहांसिक न्वौला अर्थात कुवामा वर्षौंदेखि खानेपानी उपभेग गर्दै आएका वडा नंम्मर २ बाठेनाउलाका स्थानीय मात्र नभई त्यो बाटो हिडने सोलपरी, कारीगाउ, हाटगाउ लगाएत दिनमा एक सय भन्दा बढि सर्वसाधरणले वर्षौंदेखि न्वौलाक पानी खादै आएको स्थानीयको भनाई छ ।

यता अमरगढी नगरपालिका वडा नम्मर २ का अध्यक्षले भने आफुले ठेकदारलाई जानकारी गराउदा गराउदै वास्तै नगरी ढलनाली निर्माण गरेको बताएका छन । अब अस्तव्यस्त रुपमा रहेका ढलनालीलाई व्यवस्थित बनाउन अमरगढी नगरपालीका कार्यापालीकालाई अनुरोध गर्ने उनको भनाई छ । खानेपानी समस्या समाधानका लागि सरोकारवालालाई आग्रहसमेत गरिएको छ । दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउनसक्ने खतरातर्फ सबैले ध्यान दिन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);