प्रधानमन्त्रीको गृहजिल्लाका स्थानीय वर्षौदेखि दुषित पानी पिउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रधानमन्त्रीको गृहजिल्लाका स्थानीय वर्षौदेखि दुषित पानी पिउन बाध्य

dushit pani jhapa

झापा, १४ मंसिर । प्रधानमन्त्रीको गृह जिल्ला झापाको कन्काई नगरपालिका १ र २ का स्थानीय वासिन्दाहरु वर्षौदेखि दुषित पानी पिईरहेका छन् । त्यहाँका स्थानीय वर्षौदेखि आर्सिनिक युक्त पानी पिउन बाध्य भईरहे पनि उनीहरुको समस्या सरकारले सुनेको छैन ।

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएकै कारण विकासको पूर्वधार निमार्णको क्षेत्रमा अघि देखिन्छ । यहाँ सडक बनेका छन् । नाला बनेका छन् । ठूला ठूला अस्पताल बने तर मानिसको दैनिक आवश्यक पर्ने खानेपानीको सुविधा भने पुग्न सकेको छैन । कन्काई नगरपालिका १ र २ वडाको दुर्गापुरका बासिन्दाको पानीको स्रोत टयूवेल, ईनार रहेको छ । सो क्षेत्र चुरेको फेदमा पर्दछ ।

तराईका क्षेत्रमा जमिनमुनीबाट निकालेको पानी पिउने चलन वर्षौदेखि चलेको छ । कुनै कुनै जमिनमा खनिज पदार्थको मात्रा धेरै हुने हुनाले पानीको रंग मात्र परिवर्तन हुदैन दुषित पनि हुने गर्दछ । यहाँका बासिन्दाहरु यही दुषित पानी पिउन बाध्य छन् ।

चुनावको समय राजनीतिक दलका नेताहरुले स्थानीयहरुलाई स्वच्छ खाने पानी दिलाउने आश्वासन दिएका थिए । स्वच्छ खानेपानी पिउने वातावरण मिलाउँछौ भन्दै भोट मागेको तर अझै पनि दुषित पानी पिउनु परेको स्थानीयहरुको गुनासो छ । समिति वनाएर पानीको उचित ब्यवस्था गर्ने प्रयास गरे पनि सरकारले भने यहाँका ९ सय घर परिवारका करिव १० हजार सर्वसाधारणलाई वेवास्ता गरेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।

स्थानीयको समस्या समाधानका लागि सरकारी तवरबाट २ वटा खानेपानी योजना अघि वढे पनि सरकारले आवश्यक पर्ने जति बजेट विनियोजन नभएकाले रोकिएको जनप्रतिनिधिहरुको भनाई छ । वर्षौदेखि आर्सनिकयुक्त दुषित खानेपानी पिउन बाध्य यहाँका वासिन्दाहरु धेरै रोगहरुको सिकार पनि हुँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);