दाङ उपनिर्वाचन अपडेट : प्रदेश सभामा ५१.१ प्रतिशत र स्थानियतर्फ ५८.३ प्रतिशत मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङ उपनिर्वाचन अपडेट : प्रदेश सभामा ५१.१ प्रतिशत र स्थानियतर्फ ५८.३ प्रतिशत मतदान

dang upanirbachan

दाङ, १४ मंसिर । दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको छ । सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको र मतदाताहरुले निर्वाध ढंगले मतदान गरिहेका छन् ।

निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेससभा २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा मतदान भैरहेको छ । निर्वाचन क्षेत्र नं. ३ (ख) को २ मा ३२ मतदान स्थलका ७७ वटा केन्द्रमा र घोराही १६ मा २ मतदान स्थलको ५ केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान भैरहेको हो ।

यसैविच अहिले सम्म प्रदेश सभाका लागी ३५हजार ८७ अर्थात् ५१.१ प्रतिशत र स्थानियत तहतर्फ घोराही वडा नम्बर १६ को अध्यक्ष पदका लागी २५९८ अर्थात् ५८.३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङको २ स्थानमा गरी कुल ७३ हजार १७२ मतदाता छन ।

तिमध्ये प्रदेश सभाको लागी ६८ हजार ७१९ र घोराही १६ मा ४ हजार ४५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);