बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी

रौतहट । बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् । निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका हुन् ।

यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव चार हजार आठ सय १० मत ल्याएर विजयी भए । यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याएकी छिन् । यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);