गरुडा नगरपालिकामा नेकपा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी

रौतहट । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् । योसँगै  नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);