विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए । उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
ताजा समाचार
कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ
२८ मिनेट अघि
आज पनि देशभर वर्षाको सम्भावना
३१ मिनेट अघि
हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा
३४ मिनेट अघि
फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान
३७ मिनेट अघि