सप्तकोशी नगरपालिकामा माओवादीलाई भारी मतले हराउँदै एमालेको प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

सप्तकोशी नगरपालिकामा माओवादीलाई भारी मतले हराउँदै एमालेको प्यानलै विजयी

UML

सप्तरी, ५ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी भएको छ। एमालेका मेयर उम्मेद्वार उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धुब्र कार्कीको पक्षमा १८८३ मत खसेको थियो।

यस्तै उपमेयरमा एमालेकी आशा चौधरी ३२२७ मत सहित विजयी भएकी छन् भने उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राजकुमारी चौधरीको पक्षमा २१९९ मत खसेको छ।