महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन् । त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे । भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
ताजा समाचार
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते
३९ मिनेट अघि
रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
४६ मिनेट अघि
निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने
५७ मिनेट अघि