पहिरोले पुरिएका तीन बालबालिका मध्ये एकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पहिरोले पुरिएका तीन बालबालिका मध्ये एकको शव फेला

सल्यान, १८ भदौ । सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा पहिरोले पुरिएका तीन बालबालिका मध्ये एकको शव निकालिएको छ ।

खोजतलासका क्रममा सोमबार बिहान बलराम डाँगीका छोरा ६ वर्षीय ललितको शव फेला परेको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रनत शर्माले जानकारी दिए । पहिरोमा पुरिएर हराइरहेका छोरी ८ वर्षीया ललिता र ४ वर्षीया मेनकाको खोजी भइरहेको प्रहरी नायब निरीक्षक शर्माले बताए ।

पहिरो आइतबार साँझ ६ बजे गएको भए पनि दुर्गम क्षेत्र भएकाले रातको १२ बजे मात्रै प्रहरी पुगी उद्धार कार्यमा जुटेको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले राति नै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पानी रोकिएपछि मात्रै खोजी कार्य थालिएको हो । आईतबार साँझ ३ बालबालिका आगो तापेर घरभित्र बसिरहेका बेला घरमाथिबाट आएको माटोको ढिस्काले उनीहरु बसेको कोठा पुरेको थियो । घरका अन्य सदस्यहरु घर बाहिरै भएकाले जोगिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);