सरकारी कर्मचारी सरहको सेवा सुविधा उपलब्ध नभएको भन्दै आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारी कर्मचारी सरहको सेवा सुविधा उपलब्ध नभएको भन्दै आन्दोलनमा

काठमाडौं, २६ भदौ । निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरु सरकारी कर्मचारी सरहको सेवा सुविधा उपलब्ध नभएको भन्दै आन्दोलित भइरहेका छन् । सरकारद्धारा सञ्चालित सरकारकै निकायको रुपमा स्थापित अस्पतालका अधिकांश कर्मचारी करारमा रहेको र सेवा सुविधा पनि लामो समय देखि न्यून रहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरुले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् ।

निजामति कर्मचारी अस्पताल विकास समितिको अध्यक्ष बहालवाला मुख्यसचिव र सञ्चालकहरुमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

स्वास्थ्यकर्मीहरुले सरकारको उच्च पदस्थ व्यक्तिहरु सञ्चालक रहने अस्पतालका कर्मचारीहरुले सरकारी सेवा सुविधा नपाउने अवस्था रहनु न्यायोचित नभएको बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);