डा.गोविन्द केसीले मागे प्रधानमन्त्री ओलीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

डा.गोविन्द केसीले मागे प्रधानमन्त्री ओलीको राजीनामा

dr govinda kc

काठमाडौं, ११ माघ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आफूसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै उनले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

शुक्रबार अपरान्ह महाराजगंजस्थित शिक्षण अस्पतालमै पत्रकार सम्मेलन गरी केसीले सर्वसुलभ र गुणस्तरीय मेडिकल शिक्षा पाउने नागरिकको अधिकारमाथि सुनियोजित रुपमा धोका दिएको भन्दै आपत्ति प्रकट गरे ।

वरिष्ठ चिकित्सक केसीले सरकारले आफुहरुलाई धोका दिने गरी सो विधेयक पारित गराएको उल्लेख गर्दै आफ्नो आमरण अनसन जारी राख्ने पनि स्पष्ट पारेको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए ।

डा. केसीले आफ्नो पक्षमा प्रदर्शन गरिरहेका नागरिकलाई नयाँ बानेश्वरबाट गिरफतारी गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे । मेडिकल क्षेत्रको सुधारका लागि चालिएको अभियानमा सहभागी हुन पनि डा. केसीले सबैलाई आह्वान गरेको केसीका सहयोगी क्षेत्रीले बताए ।

क्षेत्रीले डा. केसीको सबै माग पूरा भएको भन्ने सत्तारुढ नेकपाको दावीको पनि खण्डन गरेका छन् । मेडिकल शिक्षाको सम्बन्धनका सम्बन्धमा थपिएको बुँदाप्रति वरिष्ठ चिकित्सक केसीको आपत्ति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);