डा. केसीले गरे 'प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डा. केसीले गरे ‘प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग’

Gopal_Parajuli

काठमाडौं, २७ माघ । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको पुन: राजीनामा माग गरेका छन् । वरिष्ठ चिकित्सक केसीले शनिवार शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग गरेका हुन् ।

उनले प्रधानन्यायाधिश पराजुलीको नागरिकता, शैक्षिक प्रमाण पत्रहरु र तीनका आधारमा भएका नियुक्ती बदर गरी कानुनी कार्वाही गर्नुपर्ने बताएका छन् । वरिष्ठ चिकित्सक केसीले प्रधानन्यायाधिश पराजुलीले गैरकानुनी ढंगबाट नागरिकता लिएको पाइएको उल्लेख गर्दै कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् ।

उनले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाईस रेकर्ड झिकाउने लगायतका कार्यगरी गम्भिरतापूर्वक अनुसन्धान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

वरिष्ठ चिकित्सक केसीले न्यायालयमा पैसा र शक्तिको बोलवाला रहेको पुष्टि भएको दावी गर्दै प्रधानन्यायाधिश पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);