प्रधानमन्त्री देउवाले पाएको मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न सकिदैन : देवेन्द्र दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रधानमन्त्री देउवाले पाएको मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न सकिदैन : देवेन्द्र दाहाल

काठमाडौं । विपक्षी दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको १६५ मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न नसकिने बताए ।

राष्ट्रिय सभा बैठकको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले जसपा र एमालेको संस्थागत निर्णय बिनै गुटले मत हालेकाले ती जनमतलाई लत्याइएका व्यक्तिगत मत भएको उल्लेख गरे । उनले पार्टी निर्णय बिनाका सांसदहरुको मत अदालतका परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्रै भएको टिप्पणी गरे ।

दाहालले भने – ‘प्रतिनिधि सभामा शेरबहादुर देउवाको पक्षमा आएको १६५ मतलाई नै नयाँ जनमत आयो भनेर समर्थन गर्न सकिदैनँ । किनभने नेपाली कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९ जना र जनमोर्चा १ जनाबाहेक अरु मतहरु कुनै पार्टीले निर्णय गरेर देउवाजीलाई भोट हालेको अवस्था होइन । जसपाको कुरा गर्नुहुन्छ भने सिंगो पार्टीले संस्थागत निर्णय गरेर होईन, आफ्नो गुटले जनादेश विपरित हालेका मतहरु हुन् । बाँकी एमाले भनिएकाहरुले हालिएका २२ मतहरु पार्टीको टिकटमा चुनाव लडेर पार्टीलाई नै धोका दिएर, जन अभिमतलाई लत्याएर हालेका व्यक्तिगत मतहरु हुन् । के उनीहरुलाई जनताले संसदमा कांग्रेसलाई भोट हाल्न पठाएको हो र ? त्यस्ता मतहरुलाई कसरी जनादेश प्राप्त मतहरु भन्न सकिन्छ ? त्यसैले पार्टी निर्णय बिनाका संसद भित्रका मतहरु भनेका अदालतका परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्र हुन् । तिनलाई जनादेश भन्न सकिँदैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);