राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधिसभा विघटनबारे सर्वाेच्चमा जवाफ पेश गर्दे | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधिसभा विघटनबारे सर्वाेच्चमा जवाफ पेश गर्दे

SUPREME_COURT

काठमाडौं, १९ पुष । राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभा विघटनबारे आज सर्वाेच्च अदालतमा जवाफ पेश गर्देछन ।
त्यसैगरी संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धि कागजात तथा राजनीतिक दलका सांसदहरूको विवरण पनि सर्वाेच्चमा पेश गर्दै छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारणदेखाउ आदेश जारी गरेको थियो । पुस १० गतेको संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग एमिकस क्युरीका लागि क्रमशः तीन र दुई जना कानुनविद्को नाम मागेको थियो ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले आइतबार प्रतिनिधिसभा विघटनका कारण तथा त्यससँग सम्बन्धित कागजात बुझाउने तयारी गरेको हो । संघीय संसद् सचिवालयले पनि पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्ताव दर्ताको समयबारे सर्वोच्च अदालतमा कागजात पठाउँन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा बिघटन गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिध सभा बिघटन गर्नुभएको थियो । त्यसबिरुद्ध सर्वाेच्चमा रिट दायर भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);