त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भिड (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भिड (फोटो फिचर)

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भिड बढेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।

आन्तरिक तर्फको सम्पूर्ण उडान आज २१ गतेबाट बन्द हुने भएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गते बाट रोकिंदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको संक्रमण झन् बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक साता थपेको छ । काठमाडौं उपत्यकाबाहिर देशैभरी ४० बढी जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);