उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस

kathmandu-lockdown

काठमाडौं, ९ भदौ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । मंगलबार बसेको डिसीसीएमसीको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।

गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले उक्त निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि रहेका छन् ।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);