नेपाल वायु सेवा निगम ३७ अर्ब घाटामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल वायु सेवा निगम ३७ अर्ब घाटामा

nepal airlines

काठमाडौं, १८ असार । नेपालका अधिकांश सार्वजनिक संस्थाहरु घाटामा जाने गरेका छन् । त्यसमध्येको एउटा हो नेपाल वायु सेवा निगम । निगम अहिले ३७ अर्ब रुपैयाँ घाटामा रहेको छ । वाइडवडी विमान खरिदको नाममा भएको अर्बाै घोटाला उडान भर्न नसकेको भनेर अनेकौं आरोप खेप्दै आएको निगम अब थला पर्ने अवस्थामा पुगेको छ ।

घाटामा रहेका नेपालका सार्वजनिक संस्थानहरु मध्ये नेपाल वायु सेवा निगम पनि अग्र स्थानमा रहेको छ । आफै कमाएर चल्नु पर्ने निगम सरकारको अनुदानमा चल्दै आएको छ । व्यवस्थापनमा सुधार नआए र आफै कमाउन नसके अनुदान रकम सरकारले नदिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै चेतावनी दिइसक्नु भएको छ ।

निगमका अधिकारी भने नाफालाई भन्दा बढि सेवालाई जोड दिंदा निगम घाटामा परेको बताउँदै आएका छन् । सार्वजनिक संस्थान घाटामा जानुको मुख्य कारण भ्रष्टाचार र चरम राजनीतिकरण नै हो । यो कुरा नेतालाई मात्र होइन सर्वसाधारणलाई पनि राम्रै थाहा छ ।

राजनितिक हस्तक्षेप नरोकेसम्म सार्वजनिक संस्थानको घाटा नरोकिने र घाटा नरोकिए संस्थानहरुलाई खारेज गर्नु पर्ने आवाज सर्वसाधरणको छ ।

संगै काम गर्ने निजि संस्थाहरु नाफामा जाने तर त्यहि काम गर्ने सरकारी संस्थाहरु घाटामा जानुको कारण उचित निगरानि नहुनु तथा जथाभावी हुने कर्मचारी नियुक्ति नै प्रमुख कारण भएको सर्वसाधारणको भनाई छ ।

तर घाटाका बावजुत पनि निगमले नेपाल भ्रमण वर्षलाई लक्षित गरि २ वटा जहाज किन्ने तयारी गरिरहेको छ । निगमबाट अहिले अन्तराष्ट्रिय ४ र राष्ट्रिय ६ वटा जहाज सञ्चालनमा रहेका छन् । भएका जहाजले नै उडान भर्न नसक्दा घाटामा गएको भनी आवाज आइरहंदा निगमको घाटा कसरी माथि उठला ? सर्वत्र चासोको विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);