विद्युत आपूर्ति अनियमित हुँदा उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान सक्ने अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उदयपुर, ८ असोज ।  एक सातायता विद्युत आपूर्ति अनियमित हुँदा मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योगको उत्पादन प्रभावित भएको छ ।

एकपटक विद्युत आपूर्ति बन्द हुँदा २ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोर्ने उद्योगले एक सातामा विद्युत आपूर्ति अनियमित भएकै कारण दुई करोडभन्दा बढी क्षति भएको जनाएको छ । एक साता अघिसम्म दैनिक ६ सय ५० टन सिमेन्ट उत्पादन हुँदै आएकोमा विद्युत गडबढीका कारण अहिले दैनिक ४ सय ५० टनमात्र उत्पादन भइरहेको उद्योगले जनाएको छ ।
विद्युत आपूर्ति बन्द हुँदा दैनिक २० देखि २५ लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगलाई आवश्यक पर्ने ११ केभी विद्युत २४सै घन्टा उपलब्ध गराउने नेपाल विद्युत प्राधिकरण र उद्योगबीच सम्झौता भए पनि सम्झौताअनुसार विद्युत आपूर्ति हुन सकेको छैन । जापान सरकारले हस्तान्तरण गरेदेखि नै निरन्तर घाटामा चलेको उदयपुर सिमेन्ट उद्योग गत वर्षदेखि नाफामा गए पनि विद्युत् आपूर्ति अनियमितताकै कारण पुनः घाटामा जाने अवस्था सिर्जना भएको उद्योग प्रशासनले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);