दशैँमा खसी बोकाको व्यापार फस्टायो, दैनिक २ करोडभन्दा बढिको कारोबार | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

दशैँमा खसी बोकाको व्यापार फस्टायो, दैनिक २ करोडभन्दा बढिको कारोबार

कपिलवस्तु,  ८ असोज । दशैँ नजिकिएसँगै कपिलवस्तुमा दैनिक २ करोड रुपैयाँभन्दा बढिको खसीबोका किनबेच हुन थालेको छ। घटस्थापनाको दिनदेखि कपिलवस्तुमा खसीबोका बिक्री हुने क्रम बढेको हो। व्यापारीहरुले भारतबाट खरिद गरेर ल्याएका खसिबोका कपिलवस्तुमा जम्मा गरेर देशका विभिन्न भागमा पठाइरहेका छन्।

व्यापारीहरुलाई खसीबोका खरिद बिक्री गर्न भ्याइनभ्याई भएको छ। कपिलबस्तुबाट व्यापारीहरुले दैनिक १० देखि १३ ट्रकसम्म खसीबोका काठमाडौं पठाइरहेका छन्। भारतको बहराईच, कल्पी, सुल्तानपुर, कानपुर लगायतका क्षेत्रका ब्यापारी खसिबोका बिक्रीमा संलग्न छन्। भारतीय ब्यापारीले कृष्णनगर नाकाबाट ल्याएर चन्द्रौटामा लाग्ने बजारमा बिक्रीवितरण गर्ने गरेका छन् ।

ताजा समाचार