पाल्पाका बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साँट्नेहरुको भीड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाल्पा, ७ असोज ।  पाल्पाका बैंक तथा वित्तीय संस्थामा दसैंका लागि नयाँ नोट साँट्नेहरुको भीड बढेको छ ।

दशैंमा टिका लगाएर नयाँ नोट दिने प्रचलनअनुसार बैंकहरुमा नयाँ नोट साँट्नेको भिड बढेको हो । समयमै बैंकहरुमा नोट नआएका कारण यसपालि भीड बढी भएको सेवाग्राहीले बताएका छन् ।

समय कम भएकाले पैसा साट्न गाउँ–गाउँबाट आएका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । पाँच–पाँच हजारका दरले नयाँ नोट वितरण गरेको र नयाँ नोट कम हुँदा केही समस्या भएको राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाले जनाएको छ ।

पाल्पाका लागि राष्ट्र बैंकले डेढ करोड रुपैयाँबराबरको नयाँ नोट पठाएको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);