रुकुमका विद्यालयमा छात्राहरुको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुमका विद्यालयमा छात्राहरुको संख्या बढ्दै

मेघराज खड्का । १ चैत्र, रुकुम । नेपाली समाजमा देखापरेको राजनीतिक परिवर्तन संगै रुकुमका जनतामा पनि परिवर्तनको अनुभूति गर्न थालेका छन् । त्यहाँका जनतामा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ भन्ने धारणा विकसित भएपछि विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्यामा वृद्धि भएको छ ।

रुकुममा यतिबेला छोरीहरुलाई पनि  पढाउनु पर्छ भन्ने सोच विकास हुनथालेको छ । यतिवेला जिल्लाका ग्रामीण बिद्यालयहरुमा छात्राहरुको संख्या उल्लेख्य रुपमा बृद्धि हुदैगएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङकअनुसार पछिल्ला ३ बर्षमा उच्च शिक्षा अध्ययन गर्ने छात्राको दर २० प्रतिशतले बृद्धि भएको छ । द्धन्दपछि अविभावक र छात्रामा चेतना आएकाले छात्राहरुको संख्यामा बृद्धि भएको त्यहाँका विद्यालयका प्रधानाध्यापकहरुको भनाइ छ ।

गाउँघरका अभिवावकहरु छोरीलाई स्कुलमा पठाएपछि घरव्यवहारमा पनि सकारात्मक  परिवर्तन भएको महसुस गर्न थालेका छन । छोरीहरुले घरको कामकाजमा समेत सघाउदै आएको अभिभावकरु सन्तुष्टी प्राप्त भएको जनाउँदै आएका छन । रुकुमा संचालित  २४ उच्च माध्यमिक विद्यालयहरुमा करिब ३२ सय बिद्यार्थीह छन । त्यसमा  झन्डै १७ सयभन्दा बढी छात्राहरु अध्यनरत रहेको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);