झापामा होली भोली मनाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापामा होली भोली मनाइने

शम्भु दाहाल । २९ फाल्गुन, झापा । तराई क्षेत्रमा पर्ने झापा जिल्लामा पनि सरकारले होली पर्वको लागि आइतबार सार्वजनीक विद दिए पनि झापाबासीले भने आइतबार होली मनाएनन् । झपामा पनि फागुपूर्णिमाको भोलीपल्ट मात्र होली मनाउने गरिन्छ ।

झापामा होली भोली मनाइने

शम्भु दाहाल । २९ फाल्गुन, झापा । तराई क्षेत्रमा पर्ने झापा जिल्लामा पनि सरकारले होली पर्वको लागि आइतबार सार्वजनीक विद दिए पनि झापाबासीले भने आइतबार होली मनाएनन् । झपामा पनि फागुपूर्णिमाको भोलीपल्ट मात्र होली मनाउने गरिन्छ । सरकारले होली पर्वका लागि झापामा पनि आइतवार सार्वजनीक विदा दिने निर्णय गरेपछि झापाबासी अलमलमा परे ।

सरकारले तराईमा पर्ने २० जिल्ला मध्ये १९ जिल्लामा होली पर्वको विदा सोमबार हुने र झापालाई अल्गाएर आइतबार विदा दिने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार राजपत्रमा उल्लेख भए बमोजिम नै जिल्ला प्रशासन कार्यालय झापाले झापाका सबै सरकारी कार्यालयलाई आइतबार सार्वजनिक बिदा दियो । तर झापाबासीले आइतबार होली मनाएनन् । पहाडी र मधेसी समुदायको मिश्रीत बसोबास रहेको झापामा सर्वसाधारणले सरकारको यो निर्णयप्रति आक्रोस समेत व्यक्त गरेका छन् ।

होलिकाको काखबाट प्रह्लाद बाचेपछी सत्यको जीत हुन्छ भन्ने धार्मीक आस्थाका आधारमा त्यसको भोलिपल्ट खुसियाली स्वरुप रंग खेलेर होलि मनाइदै आएको भएपनि सरकारले अघिल्लो दिन नै बिदा दिएकाले यसको औचित्य नभएको स्थानीयको भनाई छ । सरकारले आइतबारै बिदा दिएको भएपनि होलिको दिन बन्द हुने गरेका झापाका सबै बजार खुल्ला रहेको छ भने सबै सार्वजनिक सवारीका साधन चलेका छन् । त्यस्तै झापाका अधिकाशं निजि विद्यालय र क्याम्पसहरुले समेत सोमबार मात्रै होलिको बिदा दिने निर्णय गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);