अस्पतालहरूले भर्ना तथा उपचार गर्न नसकिने भन्दै सूचना जारी गरिरहेकोप्रति जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अस्पतालहरूले भर्ना तथा उपचार गर्न नसकिने भन्दै सूचना जारी गरिरहेकोप्रति जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण

काठमाडौं। काठमाडौं प्रशासनले कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति प्रशासनले ध्यानाकर्षण गराएको हो ।

वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);