नेपालगञ्जमा निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालगञ्जमा निषेधाज्ञा जारी

बाँके । बढ्दो कोभिड १९ महामारीलाई ध्यानमा राखेर नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेधाज्ञा बैशाख १५ गते राति १२ बजेसम्मलाई लागु हुने जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको उल्लेख छ ।

अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर निस्कन समेत रोक लगाइएको छ । बजार, यातायात, शिक्षण संस्था तथा सबै खालका सार्वजनिक कार्यक्रम समेत बन्द गरिएको छ ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित सात सय ३५ पुगेको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);