सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार आफ्नो पदभार ग्रहण गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा गई प्रदेश प्रमुख यादवले पदभार ग्रहण गरेको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिए ।

कोभिड १९ को संक्रमण फैलिएको तथा मुख्यमन्त्री त्रिलोचन भट्टसमेत मातृ शोकमा रहेकोले आज कुनै औपचारिक कार्यक्रम नगरी कार्यालयका कर्मचारीको उपस्थितिमा यादवले पदभार ग्रहण गरेको खड्काले बताए ।

स्थिति सहज भएपछि मुख्यमन्त्री, प्रदेशका उच्च अधिकारी, सुरक्षा निकाय तथा पत्रकारसमेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रदेश प्रमुखले बताएको पनि खड्काले जानकारी दिए ।

यादवलाई सरकारको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले वैशाख २० गते प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);