त्रिविको नयाँ नेतृत्वमाथि चुनौतीका चाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

त्रिविको नयाँ नेतृत्वमाथि चुनौतीका चाङ

dharmakanta baskota

काठमाडौं, २० कात्तिक । मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयको रूपमा चिनिएको भित्रुवन विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ । त्रिविले नेतृत्व नयाँ पाए पनि नेतृत्वमाथि चुनौतीको चाङ भने पुरानै थुप्रिएको छ । जमिनको अस्तव्यस्तता, खस्कदो पढाइ, घट्दो विद्यार्थी संख्या, हाजिर हुने काम नगर्ने कर्मचारीको समस्या नयाँ नेतृत्वले सामना गर्नु पर्ने ज्वलन्त चुनौतीका चाङ हुन् ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयको रूपमा चिनिएको भित्रुवन विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डाक्टर धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । १९ औं उपकुलपतिको रूपमा आउनुभएका डा. धर्मकान्त बास्कोटाले अब त्रिविको बेथिति तोडेर कसरी काम गर्ने हुन भन्ने सबैमा चासो देखिएको छ ।

नेपालको एक मात्र रहेको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा धरै बेथितिहरु रहेका छन । ती बेथितिलाई चिर्दै काम गर्नूपर्नै पहिलो चुनौती बाँसकोटामा देखिएको छ । नवनियुक्त उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पदबहालीसँगै विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

त्रिविले मुलुकका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो र त्यही अनुसार बजारले खोजेको जस्तो जनशक्ति उत्पादन गर्नु पर्ने हो । तर त्यसबाट पछिल्लो समय त्रिवि विमुख हुँदै गएको देखिन्छ । त्रिविमा स्थायी जागिर भएका कतिपय प्राध्यापकहरू त्रिविमा एक पिरियड पढाउने र बाँकी समय दलका नेताको आडमा निजी कलेजमा समय बिताउने प्रचलनल त्रिविको अर्काे समस्या समस्या रहेको छ ।

त्यस्तै लामो समयदेखि त्रिविअन्तर्गतका विभिन्न संकायका डिन, सहायक डिन र क्याम्पस प्रमुखहरू नियुक्त हुन सकेका छैनन् । हरेक क्षेत्रमा विज्ञ व्यक्तिभन्दा पनि राजनीतिक नेतृत्वले चेपेका व्यक्तिलाई ती पदमा नियुक्ति गराईदै आइएको छ ।

त्रिविसँग आबद्ध प्राध्यापक, कर्मचारी इमानदार नहुँदा संस्थाको साख गिर्दै गएकाले उनीहरूलाई इमानदारीको बाटोमा ल्याउने काम गर्नूपर्ने पनि देखिएको छ । उहाँले पदबहाली गरेकै दिन त्रिविलाई राजनीति गर्ने थलोबाट परिवर्तन गर्ने घोषणा गरे पनि कार्यान्वयनमा भने चुनौती रहेको सरोकारवालाको भनाई छ

राजनीतिक नेता तथा विद्यार्थीको राजनीतिका कारण जरजर बन्दै गएको त्रिविलाई पुरानै अवस्थामा फिर्ता ल्याउन डा.बास्कोटालाई ठुलै चुनौती रहेको देखिन्छ । लामो समयसम्म त्रिविले शुल्क बढाउन सकेको छैन। शैक्षिक क्यालेण्डेर समेत त्रिविले बनाउन सकेको छैन । शुल्क बढाउन नपाउँदा उसले सरकारको मुख ताक्नुपर्ने र नेताले जे भन्यो त्यही मान्नुपर्ने अवस्था छ । त्रिविमा धरै समस्याहरु रहेकाछन । जसलाई उहाँले यी तमाम समस्यासँग जुट्दै त्रिविलाई साँच्चिकै भरपर्दो शैक्षिक संस्थाको रूपमा विकास गर्न अग्रसर हुनुपर्ने देखिन्छ ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि त्रिविले थुप्रै उपकुलपति पायो । केदारभक्तलाई अपवाद मान्ने हो भने कुनै पनि उपकुलपतिले विश्वविद्यालयको स्तर सुधारका सम्बन्धमा ठोस कार्यक्रम ल्याउन सकेनन् । एउटा स्वायत्त निकायको रूपमा रहेको त्रिवि आफैंमा सक्षम हुन नसक्नु र सधैँ सरकारको नै मुख ताक्नुपर्ने अवस्था रहेको छ ।

विद्यार्थी र प्राध्यापकका लागि राजनीतिक अखडा र पदाधिकारीका लागि आफन्त भर्तीका रुपमा त्रिवि देखिएको आरोप लाग्दै आएको छ । हुँदा हुँदा स्वर्णपदकका लागि आर्थिक चलखेल हुँदा इतिहास बोकेको त्रिवि अहिले पनि अख्तियारको छानविन घेरामा रहेको छ । अब आएको नयाँ नेत्रृत्वले त्रिविको खस्कँदो साखलाई जोगाउँदै विश्व शैक्षिक क्षेत्रमा त्रिविको छुट्टै पहिचान छ भन्ने मान्यतालाई निरन्तरता दिन सक्ला त ? बौद्धिक क्षेत्रमा अहिले बहसको विषय भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);