उम्मेदवारले लिए चुनाव चिह्न | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

उम्मेदवारले लिए चुनाव चिह्न

pokhara mahanagarpalika

काठमाडौं, २६ कात्तिक । पोखरामा मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले सोमबार चुनाव चिह्न प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारलाई किताब, शंख, गुलाफको फूल, क्यामेरा, कलम, आँप, डोजर, माहुरी, टेबल र क्रिकेट ब्याट चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि २१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।चुनावी प्रतिस्पर्धामा ११ दल र १० स्वतन्त्र उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए ।

चुनाव चिह्न पाएसँगै उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);