प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञलाई प्रचण्डकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञलाई प्रचण्डकाे आग्रह

काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौति थपिएको उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पु-याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गर्नु भएको हो ।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै उहाँले विकास र समृद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार पनि विश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्म चल्नेछ । ७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);