कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सरकारबाट विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म सञ्चालन नगराउन निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना जारी गर्दै कोभिड १९ को संक्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको भन्दै सरकारको निर्णय नआइ परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्न निर्देशन दिएको छ।

‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुन: सञ्चालनको निर्णय गरिनसकेको अवस्थामासमेत केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्बजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सिर्जना हुन गएकाले नेपाल सरकारबाट विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,’ बोर्डले आज जारी गरेको सूचनामा भनिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);