राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित गरीएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले साउन ३१ गतेदेखि परीक्षाको तयारी गरेपनि महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षा अहिलेलाई स्थगित गरिएको र परीक्षा हुन १५ दिन अगाडि सूचना जारी गरी जानकारी दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले परीक्षा स्थागित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सिफारिस गरिएको जानकारी दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);