संघीय संसद सुरु भएको पाँच महिनापछि संसदीय समितिले काम सुरु गरे | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

संघीय संसद सुरु भएको पाँच महिनापछि संसदीय समितिले काम सुरु गरे

sanghaiya samsadh

काठमाडौं, २१ साउन । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पहिलो बैठक सोमबार बसेको छ ।

संघीय संसद सुरु भएको पाँच महिना पछि पहिलोपटक अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बसेको हो । समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य माधवकुमार नेपालले गरे । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी पदेन सदस्यको रुपमा सहभागी भएका थिए ।

बैठकमा सदस्यहरुबीच परिचय र कार्यविधिका बारेमा पनि सामान्य छलफल गरिएको छ । सभापतिको निर्वाचन नभएसम्म जेष्ठ सदस्यले समितिको बैठकको अध्यक्षता गर्ने संसद नियमावलीमा व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कार्यक्षेत्र भित्र रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);