एमालेको नाराबाजीपछि संसद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौं,१४ फागुन । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि भनि स्थगित गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामा नआएसम्म संसदको प्रक्रिया अगाडी नबढ्ने भनि अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

सभामुख देवराज घिमिरेले सभालाई नियमित कारबाहीमा लैजान सहयोग गर्न पटक–पटक गरेको आग्रहलाई एमालेले स्वीकार गरेन । सभामुले आफूले यसअघि नै यथेष्ट मात्रामा सरकारलाई निर्देशन दिइसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दिनप्रतिदिन अब यो भाषामा रुलिङ हुनुप¥यो । यति मिनेटको लागि रुलिङ हुनुप¥यो । यति घण्टाका लागि रुलिङ हुनुप¥यो । यसले रुलिङमा उपस्थित हुनुप¥यो । त्यसले हुनुप¥यो । भन्ने विषयलाई छलफल गरेर होइन । समग्रमा आएका विषयहरुको बारेमा मैले यसभन्दा अगाडी यथेष्ट मात्रामा निर्देशन गर्ने कामहरु गरिसकेको कुरा सदनमा माननीयज्युहरुलाई राख्न चाहन्छु ।’

उहाँले कार्यसूची अनुरुप विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रश्तुत गराउन लाग्दा एमालेले नाराबाजी गरेको थियो । किसानहरुलाई दुधको मुल्य भुक्तानी गर, विवादित मन्त्रीहरुलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरुलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडी बढ्न नसकेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);