पर्सा, २४ असार । पर्सा प्रहरीले वीरगन्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनलाई एक करोड नगद सहित पक्राउ गरेको छ ।
बीरगन्ज महानगर वडा नम्बर १२ रानीघाटका राहुल केशरीलाई एक करोड नगद सहित पक्राउ गरेको हो ।
प्रहरीले केशरीको घरमा छापा मारेर १ करोड भन्दा बढी नगद सहित उनलाई पक्राउ गरेको हो । केशरीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्य नरायण थापाले बताए ।




