अवरिल वर्षाका कारण बारामा दुई सय भन्दा बढी घर डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अवरिल वर्षाका कारण बारामा दुई सय भन्दा बढी घर डुवानमा

Baadhi Bara

बारा, २४ असार । अवरिल वर्षाका कारण बाराको निजगढ सडक अवरुद्ध हुँनाका साथै दुई सय भन्दा बढी घर डुवानमा परेको छ । निजगढस्थित जमुना पैनीमा बाढी आएपछि दुई सय भन्दा बढी घर डुबानमा परेको हो ।

डुवानका कारण सो क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । पशु चौपायाको व्यवस्थापनमा समेत समस्या भएको छ । उत्तरीभेग चुरे आसपासका बस्ती पहिरोको जोखिममा परेका छन् ।

बर्षाका कारण पूर्व—पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधान र यात्रु अलपत्र बीचबाटैमा रोकिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);