विराटनगर विमानस्थल जलमग्न, हवाईसेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विराटनगर विमानस्थल जलमग्न, हवाईसेवा अवरुद्ध

विराटनगर, २८ साउन । गएरातिदेखि निरन्तर आएको बर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । विमानस्थलमा दुई फिट पानी जमेको छ । यहाँका दुई हजार घर डुवानमा परेको अनुमान छ ।

 

पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ । विराटनगर महानगरपालिका सबैजसो गाउँबस्ती डुवानमा परेका छन् । विशेषगरी, वडा नम्बर ४, ५, ६, ११ र १२ पूर्ण रुपमा डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले डुबानमा परेका पीडित परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेको छ । प्रहरीलाई पनि उद्धारकार्य गर्न हम्मे हम्मे परेको छ । चारैतिर पानी परेर जलमग्न भएपछि यहाँको जनजिवन अस्तव्यस्त भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);