बाढीका कारण दाङमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २८ , दाङ । शुक्रबार रातिदेखिको निरन्तरको वर्षापछि आएको बाढीका कारण दाङमा एक जनाको ज्यान गएको छ भने दर्जनौं घरका डुवानमा परेका छन् ।

बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, सिमलकुनाका भगवती सुनारको मुत्यु भएको हो । राप्ती र बबई नदीमा आएको बाढी गाउँमा पस्दा लाखौंको धनमाल बगाएको छ भने यातायात सेवा ठप्प भएको छ । भित्री तथा मुख्य सडक अवरुद्ध भएका छन् । बाढीले तुलसीपुर क्षेत्रमा २० वटा घर बगाएको छ भने ५० भन्दा बढी घर र विद्यालयमा क्षति पुगेको छ । मोतीपुर, कालाखोला, फूलबारी, अम्वापुर, सिमलकुना, पातुखोला, अमेलिया, बखरिया, उरहरी, गोल्टाकुरी, बाँकी, सितलपुरलगायतका स्थानमा बाढी पसेको छ । प्रभावित क्षेत्रमा अवस्था बुझ्न पुगेका जनप्रतिनिधिहरुले तत्काल उद्धार तथा राहतको लागि पहल भइरहेको बताएका छन् ।

बाढीप्रभावितहरुले भने सम्बन्धित निकायबाट उद्धार तथा राहतका लागि प्रभावकारी पहल नभएको गुनासो गरेका छन् । निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);