पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण मुग्लीन नारायणगढ सडकखण्ड खुल्ने र अवरुद्ध हुने क्रममा चलिरहेको छ । यसैगरि पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ ।

बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो ।

Leave a Reply

ताजा समाचार