कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजा मामा’ को निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजा मामा’ को निधन

kusunda raja mama

काठमाडौं, ५ बैशाख । लोपोन्मुख जाती कुसुन्डा भाषा बोल्ने एक मात्र व्यक्ति राजा मामाको ७५ वर्षको उमेरमा निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो।

उनि कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए । बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा भेटिएका राजामामालाई परिवारका सदस्यले उठाएर चिया पिलाएका थिए ।

चिया पिएको केही केहीबेरमै उनको निधन आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले जानकारी दिए । लामो समयदेखि राजा मामालाई उच्च रक्तचापले थला पारेको थियो । उनको निधनले लोपोन्मुख कुसुन्डा जातीको भाषा बोल्ने व्यक्तिको अन्त्य भएको छ । उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेको थियो ।

प्रतिष्ठानले २०६१ सालमा इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो । वास्तविक नाम कान्छा कुसुन्डा भएपनि राट्रिय रुपमा राजा मामाका नामले उनि परिचित थिए । तनहुँ जिल्ला प्रशासन कार्यालयले उनको राजा मामा कुसुन्डा नामबाट नागरिकता बनाइदिएको थियो । राजा मामाको आजै अन्त्येष्टिको तयारी गरिएको छ ।उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);