ठाडोभाका सम्राट शिरोमणी 'भेंडीखर्के साइँला'को निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लमजुङ २७ भदौ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य व्यक्तित्व ८४ वर्षीय गायक भेडीखर्के साइँलाको दुखद निधन भएको छ ।

ठाडोभाका सम्राट शिरोमणी भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारी एक महिनायता बिरामी परेका थिए । उनको सोमबार साँझ ५ बजेतिर निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित वीर अस्पताल लगेर उपचार गराई पुन लमजुङ फर्काइएको थियो । सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा उनको निधन भएको हो । स्वार्गीय भेंडीखर्केले आइतबार साँझदेखि पानी समेत खान छोडेका थिए ।

लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मीएका अधिकारीले ९ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आएका थिए । उनका दर्जन बढी गीतहरु रेकर्ड भएका छन्। भेडीखर्केको निधनले राष्ट्र र लोक कलाको क्षेत्रमा अपुरणिय क्षति पुगेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);