रहिनन् कुसुण्डा भाषाकी संरक्षक, अधुरै रह्‌यो सपना | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रहिनन् कुसुण्डा भाषाकी संरक्षक, अधुरै रह्‌यो सपना

kusunda-language

दाङ, १२ माघ । नेपालमै कुसुण्डा भाषा बोल्ने एक भाषा संरक्षकको निधन भएको छ। कुसुण्डा भाषामा दोहोरो संवाद गर्ने दाङकी ८५ वर्षीया ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको हो।

दम र उच्चरक्तचापकी विरामी उनको लमही नगरपालिका-६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसण्डाले बताए। विरामीको कारण पुस २८ गतेदेखि थलिएकी उनको उपचार दाङ, बाँकेमा रहेका अस्पतालमा भएको थियो। तर उनको उपचार सम्भव नभएपछि केही दिन पहिले मात्रै घर ल्याइएको थियो। मस्तिस्कमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

‘उनी आफनो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्ने खोज्दै थिइन। उनकै आग्रहमा भाषा संरक्षण र सिकाईका लागि कुसुण्डा जातीका अन्य व्यक्तिलाई सिकाउन थालिएको थियो’ अध्यक्ष धनबहादुरले भने ‘उहाँको योजना सफल नहुँदै जानुभयो। यो हाम्रो लागि र समाजका लागि ठूलो क्षति हो। कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोहि छैन्। ज्ञानीमैया र उनको एकजना बहिनी कमला भएर दोहारो सम्वाद गर्दै आएका थिए।’ आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जर्गेना गर्न नै समस्या हुन्छ की भन्ने लागेको धनबहादुरले बताए। ‘हामीले केहि मात्र सिकेका छौं, तर भाषा रुजु गर्ने भाषा संरक्षकको अभाव सधै खड्किने भयो’ उनले भने। बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिइन्।

कसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैयाको निधनले अपुरणीय क्षति भएको बताए। ‘उहाँ कुसुण्डा भाषाको लागि मूल स्रोत नै हुनुहुन्थ्यो’ आलेले भने, ‘उहाँको निधनले भाषा संरक्षणको अभियानमा अपुरणीय क्षति भएकोे छ।’ लोपउन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा दुई जना मात्रै थिए। अन्तिम समयसम्म पनि ज्ञानीमैयाले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आएकी थिइन्। भाषा आयोगले ज्ञानीमैयालाई भाषिक वृद्धि दिँदै आएको थियो। मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो।

लामो समयदेखि कुसुण्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया विरामी हुँदा कुसुण्डा भाषामै बर्बराउँथिन। उनका एक छोरा र दुई छोरी छन्। छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो।

दाङमा कुसुण्डा जातीको संख्या ७४ रहेका छन् भने देशभर एक सय ५४ जना रहेको धनबहादुरले बताए।

आजको अन्नपूर्णबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);