झापाको पातलगंगा क्षेत्र संरक्षणको अभावले फोहोर र अव्यवस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापाको पातलगंगा क्षेत्र संरक्षणको अभावले फोहोर र अव्यवस्थित

खगेन्द्र घिमिरे
झापा, २० पुस । मेचीनगर नगरपालिकाको समेत राम्रो आम्दानीको स्रोत बन्न सक्ने झापाको पातलगंगा क्षेत्रको संरक्षणको अभावले फोहोर र अव्यवस्थित हुँदै गएको छ । नेपालको ऐतिहासिक र धार्मिक हिसावले महत्वपूर्ण मानिएको झापाको पातलगंगा क्षेत्र ओझेलमा परेको हो ।

सरकारले देशका कुना काप्चामा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य लिएको छ । तर, नेपालको ऐतिहासिक र धार्मिक हिसावले महत्वपूर्ण मानिएको झापाको पातलगंजा क्षेत्र ओझेलमा परेको छ । संरक्षणको अभावले अहिले यहाँ अव्यवस्थित र फोहोरै फोहोर देखिन्छ ।

स्थानीयहरुको अनुसार पातलगंगामा नुहाएमा रोग, कष्ट नलाग्ने, मनको इच्छा पूरा हुने र भगवानको आशिर्वाद सदा प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ । तर, यस क्षेत्रमा फालिएका यस्ता मदिराका बोतल, हिलो फोहोरले कुरुप बनिरहेको देखिन्छ ।

यति मात्र नभई मन्दिरको पछिल्लो भागमा पानी रसाएर अहिले दुर्गन्ध फैलिरहेको छ । वडा अध्यक्ष बिकेन्द्र धिमालले मन्दिर त्रिवेणी गु्रपको बगानमा रहेकाले विकास तथा संरक्षणका काम गर्न मुस्किल भएको बताए ।

सत्य युगमा पाण्डवहरुले श्राप पाएर जंगलमा बस्नुपर्ने बाध्यता रहेको थियो । त्यस बेला पाण्डवहरु जंगलको भ्रमण गर्ने क्रममा, अत्यन्त प्यास लाग्दा पानी खोज्दै जाने क्रममा पातलगंगा स्थानमा पुगेका थिए ।

प्यास मेटाउनका लागि आफूसंग भएको वाण जमीनमा हाने र पातालबाट पानी निस्केकोले यस क्षेत्रको नाम पातालगंगा रहन गएको किमदंन्ती रहेको छ । तर, जनप्रतिनिधीको अदुरदर्शिताको कारण झापाको ऐतिहासिक र धार्मिक महत्व बोकेको पातलगंगा क्षेत्र ओझेलमा परिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);