तराई-मधेसमा स्थाई बन्ध्याकरण गर्ने पुरुषको संख्यामा कमी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

तराई-मधेसमा स्थाई बन्ध्याकरण गर्ने पुरुषको संख्यामा कमी

मोहम्मद ईजहार शेष

नवलपरासी, २५ पुष । परिवार नियोजनका लागि थाई रुपमा अपनाईने बन्ध्याकरण सेवा मधेसमा अझैपनि पुरुषहरुले अपनाउने गरेका छैनन् । पुरुषहरुले कडा परिश्रम गरि परिवार चलाउनु पर्ने भएकाले बन्ध्याकरण गराउदा शक्ति कम हुने भन्दै महिलाले नै सेवा लिन रोक लगाउने गरेका छन् ।

जिल्ला स्वास्थय कार्यालय नवलपरासीमा पुरुषहरुले भ्यासेक्टोमी सेवा नलिएपछि मिनिल्याप सेवा लिन महिला पुग्ने गरेका छन् । जिल्ला स्वास्थय कार्यालयमा पुगेका महिलाले समाजमा महिलाले नै बन्ध्याकरण गराउने गरेकाले मिनिल्याप सेवा लिन आएको बताउने गरेका छन् ।

नवलपरासीमा वर्षमा एक प्रतिशत पुरुषले पनि बन्ध्याकरण गर्ने गरेका छैनन् । स्वास्थ्य संस्था र चिकित्सकहरुले पुरुषलाई पनि बन्ध्याकराण गराउन चेतनामुलक कार्यक्रम चलाए पनि प्रभावकारी हुन सकेको छैन।  जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी र मेरी स्टोप्स सेन्टर काठमांडौको सहयोगमा एक महिना संचालन गरिएको शिविरमा ५ सय १६ महिला र ५ जना पुरुषले बन्ध्याकरण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);