द्वन्द्वकालीन पीडितलाई न्याय दिने काममा सरकार क्रियाशील | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

द्वन्द्वकालीन पीडितलाई न्याय दिने काममा सरकार क्रियाशील

bidhya devi bhandari

काठमाडौं, २६ चैत । राष्ट्रपति विद्या भण्डारीले द्वन्द्वकालीन पीडितले न्याय पाऊन भन्ने मूल भावनालाई सबैले आत्मसात गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले द्वन्द्वकालीन पीडितलाई न्याय दिने काममा सरकार क्रियाशील रहेकोमा आफू विश्वस्त रहेको बताइन्।

सोमबार दक्षिण एशीयाली राष्ट्रका मानव अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको न्याय प्रणाली र अदालत जस्तो सुकै परिस्थितिमा पनि न्याय निरुपण गर्न समक्ष रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुमा मानव अधिकार संरक्षण तथा सम्वद्र्धनमा भए गरेका प्रयासहरुबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा झनै ठूलो टेवा मिल्ने बताइन् ।

सम्मेलनमा दक्षिण एशीयाली क्षेत्रमा मानव अधिकार हनन् हुन नदिने गरी विस्तृत छलफल हुने बताइएको छ । राष्ट्रपति भण्डारीले सबै प्रकारको विभेद अन्त्य गर्न पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);