मुलुकमा सुन तस्करी हुन नदिने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुलुकमा सुन तस्करी हुन नदिने प्रधानमन्त्रीको घोषणा

pm kp oli

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुन तस्करी हुन नदिने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले कानुनको परिधि भित्र रहेर व्यवसाय गर्न सुनचाँदी व्यवसायीहरुलाई पनि सचेत गराएका छन् ।

सोमबार सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारको ध्यान मुलुकको समृद्धि, विकास र सुशासनको पक्षमा रहेको स्पष्ट पारे ।

उनले सबै व्यवसायलाई उत्तिकै सुरक्षा र सम्मान दिने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा हुँदैनकी भनेर आशंका नगर्न पनि सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उत्पादनलाई वृद्धि गर्दै सरकारले रोजगारीको अवसर सृजना गर्न चाहेको बताए । उनले हरेक व्यवसायले राज्यमा रोजगारीको अवसर सृजना गर्ने उल्लेख गर्दै त्यसको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);