नेपालमा दण्डहिनताले गहिरो रुपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा दण्डहिनताले गहिरो रुपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक

amnesty

काठमाडौं, १० फागुन । नेपालमा दण्डहिनताले गहिरो रुपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक भएको छ । एम्नेष्टि इन्टरनेशनलले जारी गरेको विश्वको मानव अधिकारको अवस्थासम्बन्धि अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहिनताले गहिरो जरा गाडेको उल्लेख गरिएको हो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेष्टिको नेपाल शाखाले सत्य, न्याय र परिपुरण लगायतका मानव अधिकार उलंघनका घटनाहरु पुनः नदोहोरिने सुनिश्चित गर्नेतर्फ नेपाल सरकार र राजनीतिक दलहरु आफै अग्रसर नभएको प्रतिवेदनले देखाएको जानकारी समेत गराएको छ ।

सुरक्षा फौजबाटै मारिएका नागरिकहरुबारे व्यापक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्ने काममा सरकार र राजनीतिक दलहरु तयार नदेखिएको प्रतिवेदनले औंल्याएको एम्नेष्टि नेपाल शाखाकी अभियान अधिकृत अस्मिता सापकोटाले जानकारी दिइन् ।

त्यसैगरी एम्नेष्टिले नेपालले भूकम्प र बाढि पहिरो पीडितलाई आवासको अधिकार दिलाउन समेत असमर्थ रहेको जनाएको छ । संविधान संशोधन गर्न माग गर्नेहरुमाथि अत्याधिक बल प्रयोग गरिएको, श्रमिक अधिकार स्थापित गर्न नसकेको, यातना र दुव्र्यवहार अन्त्य गर्न नचाहेको पनि प्रतिवेदनमा औल्याएको छ ।

एम्नेष्टिले सन् २०१७ मा विश्वमै मानवता विरुद्धको अपराध बढ्न गएको पनि स्पष्ट पारेको छ । त्यसैगरी दक्षिण एशियामा अभिव्यक्ति स्वतन्त्रतामाथि नै दमन गरिएको उल्लेख गरिएको छ ।

बंगलादेश, पाकिस्तानमा पत्रकार र मानव अधिकारकर्मीमाथि नै निशाना बनाउने अभियान नै संचालन गरिएको प्रतिवेदनले देखाएको पनि नेपाल शाखाकी अभियान अधिकृत सापकोटाले बताइन् ।

एम्नेष्टि इन्टरनेशनलले हरेक वर्ष विश्वमा मानव अधिकारको अवस्थासम्बन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);