सरकारले ल्याएको स्वेतपत्रलाई ‘लालपत्र’ को संज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सरकारले ल्याएको स्वेतपत्रलाई ‘लालपत्र’ को संज्ञा

bishwa-prakash

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको स्वेतपत्रलाई ‘लालपत्र’ को संज्ञा दिएका छन् ।

नेपाली काँग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले सरकारले साँचो अर्थको स्वेत पत्र नल्याएर लालपत्र ल्याएको भन्दै कडा आलोचना गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले सरकारले ल्याएको स्वेतपत्रले मुलुकमा निराशाबाहेक अरु केही उपलब्धि नदिएको तर्क गरे ।

उनले असंगतिपूर्ण तथ्यांक र निराशाजनक विवरण उल्लेख गरेकाले सरकारको स्वेत पत्रको विरोध गर्नु परेको प्रतिक्रिया दिए । पूँजीगत खर्च हुन नसकेका बेला सरकारले मुलुकको ढुकुटी रित्तिए जसरी स्वेतपत्र जारी गरेर अन्तर्राष्ट्रिय समूदायमा समेत नकारात्मक सन्देश दिन खोजेको काँग्रेसको निष्कर्ष छ ।

नेपाली काँग्रेसले मुलुकको बजेटमा बाह्य निर्भरता घट्दै गएको कुरा समेत स्वेतपत्रमा उल्लेख नगरिएको स्मरण गराएको छ । प्रवक्ता शर्माले निराशाजनक ढंगले स्वेतपत्र जारी गरेका कारण मुलुकको सेयर बजार ह्वात्तै ओरालो लागेको आरोप लगाए । १० अरव डलर बराबरको विदेशी मुद्रा संचिति रहेको विवरणले पनि सरकारको स्वेतपत्र ठिक नभएको पुष्टि गरेको उनको भनाइ छ ।

उनले अर्थतन्त्रलाई आशाजनक ढंगले अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आफ्नो निजी सम्बन्ध सुधार गर्न मात्रै सफल भएको टिप्पणी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);