विशाल चौधरी र प्रदिप रावलको रिहाईको माग राख्दै कञ्चनपुरमा दिनभर यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विशाल चौधरी र प्रदिप रावलको रिहाईको माग राख्दै कञ्चनपुरमा दिनभर यातायात ठप्प

पुस्कर भट्ट
कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आरोपमा पक्राउ परेका विशाल चौधरी र प्रदिप रावलको रिहाईको माग राख्दै कञ्चनपुरमा फेरी यातायात ठप्प पारिएको छ ।

रावल र चौधरीका परिवारले उनीहरु निर्दोष रहेको भन्दै तुरुन्तै रिहाईको माग गर्दै शुक्रबार पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत ट्राफिक चोकमा यातायातको साधन चल्न रोक लगाएका हुन् ।

चौधरी र रावल परिवारले स्थानीय दशरथचोकदेखि -याली निकालेर बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सडक जाम गरेका थिए । -यालीमा विशालकी आमा सनमती चौधरीले छोराले आफ्नै अगाडी निर्मलाको बलात्कार गरेको बताएपनि उसलाई नसामा भन्न लगाईएको आरोप लगाइन् ।

प्रदिप र रावलको रिहाईको माग राख्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीले भने प्रहरी र सरकारले निर्दोषलाई फसाउन खोजेको भन्दै आक्रोस पोखेका थिए ।

आरोपितलाई छुटाउन माग गर्दै आफन्तले विरोध प्रदर्शन गरेपछि शुक्रवार महेन्द्रनगरदेखि बिभिन्न गन्तव्यका लागि छुट्ने सवारी साधन संचालन हुन सकेका छैन । विभिन्न स्थानदेखि महेन्द्रनगर आउने सवारी साधनले यात्रुलाई बसपार्क नपु¥याई सिधै भाँसी क्षेत्रमा छाडिरहेका छन् ।

पुर्व सुचनाबिनै एक्कासी सडक जाम गर्दा यात्रु मारमा परेको भन्दै विकल्प खोज्न यातायात व्यवसायी, सर्वसाधरणले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);