कोटेश्वर-कलंकी सडक खण्डको इस्तरोन्नती सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोटेश्वर-कलंकी सडक खण्डको इस्तरोन्नती सम्पन्न

kalanki-koteshor

काठमाडौं, २७ मंसिर । चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको कोटेश्वर देखी कलंकी सडक खण्डको इस्तरोन्नतीको काम लगभग सकिएको छ । तर खसी बजार खण्डको सडक छेउमा लगाईएको सय मिटर वालका विषयमा भने विवाद देखिएको छ ।

चीन सरकारको ५ अर्व अनुदान सहयोगमा विस्तारको काम भईरहेको कोटेश्वर कलंकी सम्मको १० दशमलव ३९ किलोमिटर सडक विस्तारको काम लगभग सकिएको हो । चीनको सांघाई कन्ट्रक्सनले काम सकेर हस्तान्तरण गर्न लाग्दा भने कतिपय स्थानीयले सडक वरीपरि लगाइएको पर्खालको गुणस्तरीयता माथि प्रश्न उठाएका छन् ।

बलखुस्थित खसी बजार खण्डको सय मिटर सडक छेउको वाल कमसल लगाएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वाल कमसल लगाएका कारण आफुहरुको बसोवास समेत असुरक्षित भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन ।

स्थानीयको आक्रोस एकातिर छ भने आर्काेतर्फ सडक फराकिलो बनाउँदा कतिपय कुरामा ध्यान नदिँदा दुर्घटनाको जोखिम समेत बढेको छ । कुल २७ किलो मिटर लामो चक्रपथको १० दशमलव ३९ किलोमिटर सडकमा अहिले सबै भन्दा बढी जोखीम पैदलयात्रीलाई हुने देखिएको छ ।

फराकिलो सडकमा हुने सवारीसाधनको तिब्र गतिलाई रोकेर सडक पार गर्न सकिने स्थिति देखिएको छैन । १० किलोमिटर सडकभित्र ८ स्थानमा आकासे पुल त बनाइएको छ । तर पैदल यात्रुले त्यो बाहेक कहाँबाट सडक पार गर्ने भन्ने स्थान तोकिएको छैन ।

सडकको बीचमा डिभाईडर राखिएकाले सडक पार गर्न २ किलोमिटर पर पुग्नुपर्नै बाध्यता देखिएको छ । लामो दुरीमा जेव्राक्रस र आकासेपुल भएका कारण पैदल यात्रुले आकस्मिक सडक पार गर्न खोज्दा दुर्घटना बढ्ने जोखीम छ ।

त्यति मात्रै हैन कुनै घटना भएमा सडकको वल्लो छेउवाट पल्लो छेउमा तत्काल पुग्न पनि सर्वसाधारणलाई समस्या देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);