खसी बजार सडकमा कमसल पर्खाल लगाएको भन्दै स्थानीयको विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

खसी बजार सडकमा कमसल पर्खाल लगाएको भन्दै स्थानीयको विरोध

khasi bajar sadak

काठमाडौं, २७ मंसिर । चिन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथ केटेश्वर देखी कलंकी सडक खण्डको स्तरोन्नतीको काम लगभग सकिएको छ । तर खसी बजार खण्डको सडक छेउमा लगाईएको सय मिटर वालका विषयमा भने विवाद देखीएको छ ।

चीन सरकारको ५ अर्व अनुदान सहयोगमा विस्तारको काम भईरहेको कोटेश्वर कलंकी सम्मको १० दशमलव ३९ किलोमिटर सडक विस्तारको काम लगभग सकिएको छ । चिनको सांघाई कन्ट्रक्सनले काम सकेर हस्तान्तरण गर्न लाग्दा भने कतिपय स्थानीयले सडक वरीपरि लगाइएको पर्खालको गुणस्तरीयता माथि प्रश्न उठाएका छन ।

बलखुस्थित खसी बजार खण्डको सय मिटर सडक छेउको वाल कमसल लगाएको भन्दै स्थानीयले विरोध जनाएका छन् । पर्खाल कमसल लगाएका कारण आफुहरुको बसोवास समेत असुरक्षित भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन ।

स्थानीयको आक्रोस एकातिर छ भने आर्काेतर्फ सडक फराकिलो बनाउदा कतिपय कुरामा ध्यान नदिदा दुर्घटनाको जोखिम समेत बढेको छ । कुल २७ किलो मिटर लामो चक्रपथको १० दशमलव ३९ किलोमिटर सडकमा अहिले सबै भन्दा बढी जोखीम पैदलयात्रीलाई हुने देखिएको छ ।

फराकिलो सडकमा हुने सवारीसाधनको तिब्र गतिलाई रोकेर सडक पार गर्न सकिने स्थिति देखिएको छैन । १० किलोमिटर सडकभित्र ८ स्थानमा आकासे पुल त बनाइएको छ । तर पैदल यात्रुले त्यो बाहेक कहाँबाट सडक पार गर्ने भन्ने स्थान तोकिएको छैन ।

सडकको विचमा डिभाईडर राखिएकाले सडक पार गर्न २ किलोमिटर पर पुग्नुपर्नै बाध्यता देखिएको छ । लामो दुरीमा जेव्राक्रस र आकासेपुल भएका कारण पैदल यात्रुले आकस्मिक सडक पार गर्न खोज्दा दुर्घटना बढने जोखीम छ । त्यति मात्रै हैन कुनै घटना भएमा सडकको वल्लो छेउवाट पल्लो छेउमा तत्काल पुग्न पनि सर्वसाधारणलाई समस्या देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);