सडक निर्माण अलपत्र पारे पछि सांसद ठेकेदार लामाको फोटोसहितको पोस्टर झुण्ड्याएर विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सडक निर्माण अलपत्र पारे पछि सांसद ठेकेदार लामाको फोटोसहितको पोस्टर झुण्ड्याएर विरोध

सन्दिप शर्मा,
म्याग्दी ।
म्याग्दीको बेनी– दरवाङ सडक अन्तर्गतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने सांसद निर्माण व्यवसायीको स्थानीयले सडकमा पोस्टर झुण्ड्याएर विरोध गरेका छन् । निर्माण व्यवसायी लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् ।

निर्माण व्यवसायी एवं प्रतिनिधिसभा सांसद जीपछिरिङ लामाले कामको गति दिन नसक्दा सडक सास्तीपूर्ण, सडक फराकिलो बनाउने क्रममा पर्खाल लगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको भन्दै ठेकेदारको फोटोसहित पोस्टर बनाएर विरोध गरेका हुन् ।

निर्माण कम्पनीले कार्यक्षेत्रमा न्यून जनशक्ति र उपकरण प्रयोग गर्ने कारण सडक निर्माण ढिलासुस्ती भएको देखिन्छ । निर्माण व्यवसायी लामा सडकमा जनशक्ति कम डोजरमात्र प्रयोग गरे सडक फराकिलो बनाउदाँ सडकभन्दा माथिका बस्ती पहिरो जोखिम र मुनिका बस्ती पुरिने जोखिम बर्खायाममा रहेको स्थानीय बताउँछन् ।

२०७४ साल साउनमा बेनी सिमचोकसम्मको १२ किलोमिटर ५ सय ८५ मिटर सडकको ठेक्का लिएको लामा समान्तर जेभी कम्पनीले २०७६ माघ १२ सम्ममा सम्पन्न गर्ने पहिलो सम्झौताको म्याद सकिएको थियो । पटक–पटक थप गरिएको म्यादमा पनि काम नसक्दा सडक फराकिलो बनाउदाँ पहिरोले घरसंगैको बस्ती र खेती योग्य जमिनमा क्षति पु¥याएको भन्दै स्थानीयले विरोधका लागि यस्तो तरिका अपनाएको बताएका छन् ।

दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा समानान्तरले सडक विस्तारमा जनशक्तिभन्दा डोजरको मात्र प्रयोग गरेर पर्खाल नलगाउदाँ वर्षापछि पहिरोले माथिल्लो क्षेत्रका बस्तीलाई विस्थापित र खेतीयोग्य जमिनमा पहिरो लाग्ने समस्या निम्तिएको छ ।

बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरी गाउँपालिकावासीसँग जोडिएको यस सडकलाई ११ मिटर चौडा बनाई ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाखमा सम्झौता भएको योजना ठेक्का लिएका सांसद लामाले ४ बर्षसम्म पनि काम आधा गर्न सकेका छैनन् । जेभीले ४ वर्षमा सडकको प्रगतिभन्दा सयौं स्थानीयवासी पीडित बनाएका छन् । पूर्वाधार कार्यालय म्याग्दीले यस सडकको भौतिक प्रगति ५० प्रतिशत रहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);